यू-१९ एसिया कपमा नेपाललाई श्रीलंकाले दियो २३४ रनको लक्ष्य
काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी पुरुष यू-१९ एसिया कपमा नेपालले २३४ रन लक्ष्य पाएको छ। श्रीलंकासँग शुक्रबार भएको खेलमा नेपालले ५० ओभरमा उक्त लक्ष्य पाएको हो।
Advertisement 1
टस जितेर फिल्डिङ गरेको नेपालले श्रीलंकालाई २३३ रनमा रोकेको हो। सो क्रममा नेपालका लागि सर्वाधिक सफल बलर रहेका सन्तोष यादवले ४ विकेट लिए। उनले १० ओभरमा ४५ रन खर्च गरेका थिए।
त्यस्तै युवराज खत्रीले २ विकेट, नरेन साउँद तथा कप्तान हेमन्त धामीले १-१ विकेट लिए। श्रीलंकाका लागि शारुजान शनमुगनाथनले सर्वाधिक ६२ रनको योगदान दिए। त्यस्तै लक्विन एबेसिंघेले पनि अर्धशतकीय इनिङ्स खेल्दै ५० रन बनाए।
Advertisement 2
एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा सुरु भएको पहिलो खेलमा नेपाल रे श्रीलंकाले भिडिरहेका छन्। श्रीलंकाको ब्याटिङ इनिङ्स सकिएको छ। नेपालले केही बेरमा ब्याटिङ सुरु गर्ने छ। दुई टिमबीचको खेल युएईको शारजहास्थित शारजहा क्रिकेट मैदानमा भइरहेको छ।
त्यस्तै अर्को खेलमा बंगलादेश र अफगानस्तान खेलिरेहका छन्। टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले अफगानिस्तानलाई ५० ओभरमा २२९ रनको लक्ष्य दिएको छ।