९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
Advertisement 1
महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ तोकिएको छ। यसअघि मंगलबार सुनको कारोबार प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँका दरले भएको थियो।
आइतबार सरकारले सुनमा लाग्दै आएको भन्सार घटाएसँगै सुनको मूल्य १ लाख ६५ हजार रुपैयाँमाथिबाट डेढ लाख रुपैयाँ हाराहारीमा कारोबार भइरहेको हो।
Advertisement 2
बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १८ सय ३० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। यसअघि मंगलबार चाँदीको कारोबार प्रतितोला १८ सय २० रुपैयाँमा भएको थियो।
प्रकाशित :२०८१ मंसिर १२, बुधबार १०:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%