भन्सार महसुल घटेसँगै सुनको मूल्य १६ हजार रुपैयाँ घट्यो

काठमाडौं। नेपाली बजारमा सोमबार भारी मूल्यले सुनको मूल्य घटेको छ। सरकारले सुनमा लाग्ने भन्सार दर घटाएसँगै सोमबार एकैदिन सुनको मूल्य १५ हजार ९ सय रुपैयाँले घटेको हो।

Advertisement 1

सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५१ ह्जार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यसअघि आइतबार सुनको कारोबार प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँका दरले कारोबार भएको थियो।

भन्सार विभागले आइतबार एक निर्णय गर्दै सुनमा लाग्दै आएको भन्सार दर घटाएको थियो। विभागले सुनमा लाग्दै २० प्रतिशत भन्सार दरबाट घटाएर आइतबारदेखि १० प्रतिशत कायम गरेपछि सोमबार सुनको मूल्य ह्वात्तै घटेको हो।

Advertisement 2

यसअघि १५ प्रतिशत भन्सार लाग्दै आएकोमा गत जेठमा सार्वजनिक चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले २० प्रतिशत भन्सार पु¥याएको थियो।

पछिल्लो समय भारत सरकारले बजेटमार्फत भन्सार घटाएको छ। भरतमा भन्सार घटाएर नेपालको तुनामा सस्तो भएकाले सुनको तस्करी बढ्ने भन्दै सरकारले आइतबार नेपालमा पनि सुन सस्तो बनाउन भन्सार दर घटाएको तर्क गरेको छ।

प्रकाशित :२०८१ मंसिर १०, सोमबार १०:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry