सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो।

Advertisement 1

बिहीबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार रुपैयाँ कायम गरिएको महासंघले जानकारी दिएको छ। यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६३ हजार रुपैयाँ रहेको थियो।

बिहीबारका लागि चाँदीको मूल्य यथवात् रहेको महासंघले जानकारी दिएको छ। बुधबार प्रतितोला १९ सय ५० रुपैयाँका दरले कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

Advertisement 2

मंसिर २ गते महिनाको पहिलो कारोबार दिनमा सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ र चाँदीको कारोबार प्रतितोला १९ सय ५ रुपैयाँका दरले भएको थियो। त्यसयता सुनको मूल्य निरन्तर बढिरहेको छ।

प्रकाशित :२०८१ मंसिर ६, बिहीबार १०:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry