२४ सय रुपैयाँ घट्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य २४ सय रुपैयाँ प्रतितोलाका दरले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार उक्त मूल्य घटेको हो।
Advertisement 1
मंगलबारका लागि प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ प्रतितोला मूल्य तोकिएको महासंघले जानकारी दिएको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाका दरले कारोबार भएको थियो।
कार्तिक १५ गते सुनको मूल्य १ लाख ७१ हजार रुपैयाँ प्रतितोलाको उच्च मूल्यमा कारोबार भएको थियो। त्यसयता निरन्तर उतारचढाव हुँदै मंगलबार १ पछिल्लो २ सातायताकै कममा झरेको छ।
Advertisement 2
मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १० सय २५ रुपैयाँ तोकिएको छ। यसअघि सोमबार १० सय ५५ रुपैयाँका दरले चाँदी कारोबार भएको थियो।
प्रकाशित :२०८१ कार्तिक २७, मंगलवार ११:१५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%