१ लाख ७१ हजार पुगेको सुनको मूल्य आइतबार १ लाख ६६ हजारमा

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ५ रुपैयाँले घटेर सुनको मूल्य १ लाख ६६ हजार रुपैयाँ प्रतितोला कायम भएको छ।
Advertisement 1
यसअघि शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य घटेको महासंघले जानकारी दिएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ रहेको थियो। यही असोज १५ गते प्रतितोला १ लाख ७१ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको सुनको मूल्य पछिल्लो समय घट्दै आएको छ।
महासंघका अनुसार १५ गते सुनको मूल्य हालसम्मकै उच्च थियो। त्यसपछि तिहार बिदापछि २० गते मात्रै सुनको मूल्य निर्धारण भएको थियो। असोज २० गते प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ तोकिएको थियो। २१ गते १ लाख ६८ हजार ५ सय रुपैयाँ र २२ गते १ लाख ६४ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो।
Advertisement 2
आइतबारका लागि चाँदीकोमूल्य प्रतितोला १९ सय ६० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला १९ सय ८० रुपैयाँ रहेको थियो।