शुक्रबार पक्राउ परेका रबि लामिछानेलाई अदालत उपस्थित गराइँदै

गण्डकी। सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ।

Advertisement 1

सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा संगठित अपराधमा शुक्रबार पक्राउ परेका उनलाई सोही दिन राति पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए।

Advertisement 2

रास्वपाका सभापति रवि लामिछानेलाई न्यायाधीश नवराज दाहालको इजलासमा पेश गरिने भएको छ।

प्रकाशित :२०८१ कार्तिक ४, आईतवार १२:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry