१ लाख ५९ हजारमा झर्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो।
Advertisement 1
मूल्य घटेसँगै गत साता १ लाख ६१ हजार रुपैयाँमाथि रहेको सुनको मूल्य बुधबार प्रतितोला १ लाख ५९ हजारमा झरेको छ। बुधबारका लागि सुनको मूल्य १ लाख ५९ हजार १ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
यसअघि गत साता सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँका दरले कारोबार भएको थियो। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १९ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। यअसघि मंगलबार चाँदीको कारोबार प्रतितोला १९ सय ४० रुपैयाँका दरले कारोबार भएको थियो।
प्रकाशित :२०८१ आश्विन २३, बुधबार १०:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%