एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशतसम्म छुट
काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा छुट पाउने भएका छन्।
Advertisement 1
दुई संस्थाबीच भएको सम्झौताअनुसार ग्राहकले ८ प्रतिशतसम्म छुट पाउने भएका हुन्।
सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र बुद्ध एयरको तर्फबाट निर्देशक रुपेश जोशीले हस्ताक्षर गरे।
Advertisement 2
सम्झौता बमोजिम बैंकका ग्राहकले बुद्ध एयरका विभिन्न ठाउँमा रहेका १३ वटा काउन्टर र विमानस्थल काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुट प्राप्त गर्न सक्ने छन्।
प्रकाशित :२०८१ आश्विन ९, बुधबार १६:१५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%