१५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकै दिन १५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको हो।

Advertisement 1

शुक्रबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। यसअघि बिहीबार सुनको कारोबार प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँका दरले भएको थियो।

शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १९ सय १५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

प्रकाशित :२०८१ आश्विन ४, शुक्रबार ११:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry