ऊर्जा मन्त्री खड्का भन्छन्,-‘विकासका काममा अवरोध नगरौँ’, तर मन्त्रालय मातहतकै प्राधिकरणले राेकेको छ ४ जिल्ला विद्युतीकरणको काम

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विकास–निर्माणका काममा अवरोध नगर्न आग्रह गरेका छन्। संखुवासभाको धर्मदेवी नगरपालिकाले बुधबार मुढेशनिश्चरे बजारमा आयोजना गरेको कार्यक्रममा उनले जनताको विकासका चाहना पूरा गर्न जनप्रतिनिधि तथा कर्मचारी दत्तचित्त भएर लाग्नुपर्ने बताए।

Advertisement 1

मन्त्री खड्काले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा समस्या समाधानमा लाग्ने भाषण पनि गरे। तर, उनको मन्त्रालयमातहत नेपाल विद्युत् प्राधिकरणले भने विकास निर्माणका काममा अवरोध गरिरहेको छ। नेपाल विद्य्त् प्राधिकरणले कानुनी प्रक्रियाअनुसार अघि बढिसकेका पूर्वाधार निर्माणमा अवरोध गरिरहेको हो।

प्राधिकरणको नेतृत्वको स्वार्थअनुसार कानुनी प्रक्रिया मिचेरै विकास निर्माणमा अवरोध गरिएको हो। प्राधिकरणले बैतडी, बझाङ, रुकुम पूर्व र रोल्पामा विद्युतीकरणका लागि आह्वान गरेको ठेक्कामा कानुनी प्रक्रिया मिचेर अघि बढ्न खोज्दा डेढ वर्षदेखि अवरोध भएको छ। सार्वजनिक खरिद पुनरावलोकन समितिले समेत प्राधिकरणले कानुनी प्रक्रिया मिचेर काम गर्न खोजेको औंल्याइसके पनि प्राधिकरणले अझै काम अघि बढाएको छैन।

Advertisement 2

युरोयिन इन्भेष्टमेन्ट बैंकको लगानीमा ४ जिल्ला विद्युतीकरणका लागि बोलपत्र आह्वान गर्दा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफ्ना दाई गणेश घिसिङ एजेन्ट रहेको भारतीय कम्पनीलाई नै ठेक्का दिन खोजेपछि विवाद भएको छ। सार्वजनिक खरिद ऐनअनुसार उक्त कम्पनी सबैभन्दा बढी रकम कबोल गर्ने कम्पनी हो।

आर्थिक प्रस्ताव खोलिसकेपछि उक्त कम्पनीको बोलपत्र संशोधन गरेरै ठेक्का दिन खोजेपछि विवाद निम्तिएको छ। यस विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का जानकार छन्। तर, केही प्रक्रिया दिएका छैनन्। राससको सहयोगमा

प्रकाशित :२०८१ भाद्र २६, बुधबार ११:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry