कतिमा हुँदैछ आइतबार सुनको कारोबार?

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ तोकिएको छ।

Advertisement 1

उक्त मूल्य शुक्रबारको तुलनामा ६ सय रुपैयाँले कम हो। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँ रहेको थियो। त्यस्तै बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँको नयाँ उचाइमा पुगेको थियो।

आइतबार चाँदीको मूल्य पनि घटेको महासंघले जानकारी दिएको छ। महासंघका अनुसार शुक्रबार प्रतितोला १ हजार ८ सय २० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य आइतबार प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँ तोकिएको छ।

प्रकाशित :२०८१ भाद्र १६, आईतवार ११:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry