नेप्से परिसूचकमा निरन्तर गिरावट

काठमाडौं। यो साता कारोबारको दोस्रो दिन पनि पुँजी बजारमा उच्च अंकको गिरावट देखिएको छ। आइतबार ७९.८८ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार एक सय ११ दशमलव ९६ अंकले घटेर २७८२.६० को बिन्दुमा कायम भएको छ। आज नेप्से परिसूचक ३.८६ प्रतिशतले घटेको हो। आज तीन सय ३० कम्पनीको चार करोड ३८ लाख ६८ हजार नौ सय ७० कित्ता शेयर दुई लाख ३४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार एक सय ७० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। होटल तथा पर्यटन समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।
Advertisement 1
सबैभन्दा धेरै बैंकिङ चार दशमलव ९२, विकास बैंक चार दशमलव १८, वित्त चार दशमलव ६९ र लगानी समूह चार दशमलव १३ प्रतिशतले घटेको छ। त्यस्तै, जलविद्युत् तीन दशमलव ९६, जीवन बीमा तीन दशमलव ६५, उत्पादन तथा प्रशोधन दुई दशमलव ९३, लघुवित्त दुई दशमलव ९६, म्युचुअल फन्ड एक दशमलव ०९, निर्जीवन बीमा दुई दशमलव ४५, व्यापार दुई दशमलव १६ र अन्य समूह तीन दशमलव ८५ प्रतिशतले घटेको छ।
तारागाउँ रिजेन्सी होटल लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र दोल्ति पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
Advertisement 2
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६५ करोड ४२ लाख नौ हजार पाँच सय ८२ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर संख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको १४ लाख ५९ हजार चार सय ५० बराबरको कारोबार भएको छ।