तिनाउ अस्पतालको लापरबाहीले गयो बिरामीको ज्यान

रुपन्देही जिल्लाको बुटवलमा रहेको तिनाउ इन्टरनेशनल हस्पिटल प्रालिमा उपचाररत ४४ वर्षीया पार्वती घिमिरे बरालको मंगलबार राति लापरबाहीले एक बिरामीको ज्यान गएको छ ।

Advertisement 1

नर्ससमेत रहेकी मृतककी छोरी सुस्मिताले पटक पटक चिकित्सकसँग परामर्श गर्न खोजे पनि चिकित्सकले वास्ता नगरेका कारण आमालाई गुमाउन पुगेको बताएकी छिन् । छोरीसहितका कुरुवाले मंगलबार राति ११ बजे रक्तचाप कम भएपछि चिकित्सकलाई खबर गरेका थिए । तर चिकित्सक नआएको उनीहरुको आरोप छ ।
राति ११ः४० बजे दोस्रो पटक बोलाउँदा ११ः४३ मामात्र नाइट सिफ्टका फिजिसियन डाक्टर रुद्र भण्डारी आएका थिए । पीडित परिवारका अनुसार त्यसपछि बिरामीलाई हतार हतारमा अक्सिजन सहितको आईसीयूमा लगियो । एकछिनपछि चिकित्सकले बिरामीका श्रीमान् सूर्यप्रसाद बराललाई ‘सरी हामीले बचाउन सकेनौ’ भन्ने जवाफ दिएका थिए ।

गत फागुन १६ गते मोटरसाइकल दुर्घटनामा परेकी सैनामैना ११ सालझण्डीकी बरालको त्यतिबेला टाउकोमा चोट लागेको र दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको थियो ।

Advertisement 2

 

प्रकाशित :२०७७ चैत्र १८, बुधबार १०:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry