आरविवि सेक्युरिटिजको धितोपत्र कारोबार सुरु

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सहायक कम्पनी आरविवि सेक्युरिटिजले कारोबार सुरु गरेको छ। कम्पनीले बुधबारदेखि कारोबार सुरु गरेको हो।

Advertisement 1

धितोपत्र दलालको रुपमा उच्चस्तरीय ब्रोकरेज सेवा प्रदान गर्ने लक्ष्य राखेका आरविवि सेक्युरिटिज कम्पनी लिमिटेडको कुल चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ। सीमित कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट २०८० साउन ३२ गते स्वीकृति पाएको आरविवि सेक्युरिटिज कम्पनी लिमिटेडले गत माघ ३ गते नेपाल स्टक एक्सचेन्जबाट सदस्यता नम्बर ९७ पाएको हो ।

त्यसैगरी सिडिएस एण्ड क्लियरिङ लिमिटेबाट गत माघ २३ गते राफसाफ सदस्यता समेत प्राप्त गरिसकेको छ। ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ कारोबार सञ्चालनमा ल्याएको कम्पनीले धितोपत्र कारोबारसहित अन्य विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको छ। कम्पनीले प्रारम्भिक चरणमा ग्राहकलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरी मार्जिन, थोक कारोबार तथा अन्य पुँजीबजार सम्बन्धी सेवा प्रदान गर्नेछ।

प्रकाशित :२०८१ असार २७, बिहीबार १७:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry