सुनको मूल्यमा गिरावट

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो।
Advertisement 1
सोमबारका लागि छापावाल सुको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। आइतबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ थियो।
सोमबार तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ। यसअघि आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँ रुपैयाँ रहेको थियो।
Advertisement 2
चाँदीको मूल्य पनि आइतबारको तुलनामा सोमबार घटेको महासंघले जानकारी दिएको छ। आइतबार १ हजार ८ सय २० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदीको मूल्य सोमबार प्रतितोला १ हजार ८ सय रुपैयाँ तोकिएको छ।
प्रकाशित :२०८१ असार ३, सोमबार ११:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%