ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी सम्झौता

काठमाडौं। ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्प प्रालिबीच विद्युतीय सवारी कर्जासम्बन्धी सम्झौता गरिएको छ। सम्झौता पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र मोटोकर्पका वरिष्ठ महाप्रबन्धक अनुजकुमार गोयलले हस्ताक्षर गरेका छन्।

Advertisement 1

सम्झौताअनुसार बैंकले त्रिवेणी मोटोकर्प प्रालि तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय सवारीसाधन खरिदका लागि सुलभ ब्याजदरमा ऋण दिनेछ।

बैंकले ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न विद्युतीय सवारी साधनलाई सुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ।

Advertisement 2

त्यसैगरी, बैंकले व्यक्तिगतरुपमा ‘अटो लोन’ तथा व्यावसायिक प्रयोजनका लागि ‘हायर पर्चेज’ कर्जा प्रवाह गर्दै आएको छ। ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा रहेको बैंक हो।

प्रकाशित :२०८१ जेष्ठ २४, बिहीबार १७:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry