सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं। सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। शुक्रबार तोलामा १ हजार ७ सय रुपैयाँले मूल्य बढेपछि नयाँ कीर्तिमान कायम भएको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापवाला सुन शुक्रबारका लागि १ लाख ४२ हजार २ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४० हजार ५ सयमा कारोबार भएको थियो। शुक्रबार तेजाबी सुन १ लाख ४१ हजार ५ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

Advertisement 2

महासंघका अनुसार यसअघि बिहीबार १ लाख ३९ हजार ८ सयमा कारोबार भएको थियो। शुक्रबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ। यसअघि बिहीबार प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ८ सय ७५ रुपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित :२०८१ जेष्ठ १८, शुक्रबार ११:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry