भारतसँगको भुक्तानी सहज बनाउन क्लियरिङ हाउस र एसबिआई बैंकबीच सम्झौता

काठमाडौं। नेपाल एसबिआई बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता गरिएको छ। नेपाल र भारतबीचको सीमापार भुक्तानी सहज बनाउन दुई पक्षीय सम्झौता गरिएको हो।
Advertisement 1
सम्झौतासँगै नेपालमा बसोबास गर्ने भारतीय नागरिकलाई भारतमा पैसा पठाउन सजिलो हुने भएको छ। नेपालमा बसिरहेका भारतीय नागरिकले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेशनल पेमेन्ट इन्टरफेसकोमाध्यमबाट भारतमा रहेको आफ्नो बैंक खातामा रकम पठाउन सक्ने एसबिआई बैंकले जानकारी दिएको छ।
त्यसैगरी, भारतमा बसोबास गर्ने नेपाली नागरिकले पनि यूनिफाइड पेमेन्ट इन्टरफेसको माध्यमबाट नेपालमा रहेको आफ्नो बैंक खातामा रकम स्थानान्तरण गर्न सक्ने छन्।
Advertisement 2
उक्त सम्झौता पत्रमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेशकुमार पंडा र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए।
उक्त कार्यक्रममा एनसीएचएलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मति मुन्नी राजभण्डारी र व्यवसाय प्रवर्द्धन अधिकृत मनिषकुमार पटेल तथा बैंकका तर्फबाट प्रमुख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल, मुख्य प्रबन्धक, श्री सुरज मानन्धरलगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।