मधेशमा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ, स्वतन्त्र सांसद जयसवाल एमाले प्रवेश गरेर मन्त्री बने

जनकपुर । मधेश प्रदेश सरकारमा एमालेबाट थपिएका तीन जना मन्त्री र एक जना राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले शनिबार मन्त्रिपरिषद विस्तार गर्दै नवनियुक्त मन्त्रीको शपथ ग्रहण तथा मन्त्रालय बाँडफांट गरेका हुन् ।
Advertisement 1
गत सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मन्त्री बनाउँदै मुख्यमन्त्री यादवले कांग्रेससँग रहेको सत्ता समीकरण फेरेका थिए ।
एमालेका प्रदेश सांसद राजकुमार लेखीलाई गृह, संचार तथा कानून मन्त्रालय, शत्रुधन सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रमोदकुमार जयसवाललाई शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी दिइएको छ । जयसवाल पर्साबाट स्वतन्त्र जितेका प्रदेश सांसद हुन् । उनी शनिबार नै एमाले प्रवेश गरेर मन्त्री पद लिएर सपथ खाएका हुन् । मन्त्री जयसवालले अरुतिर सम्भावना नदेखेपछि एमालेमा प्रवेश गरेको बताए ।
Advertisement 2
एमाले सांसद केशव रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख सुमित्रा सुवेदीले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।