टेलिकमको एनटी फाइबर प्रयोगकर्ताले मोबाइलमा दैनिक डाटा प्रयोग गर्न पाउने

काठमाडौं । नेपाल टेलिकमको एनटी फाइबर प्रयोगकर्ताल्े मोबाइलमा पनि दैनिक रुपमा मोबाइल डाटा प्रयोग गर्न पाउने भएका छन् । एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिँदा त्यसै अनुसारको मोबाइल डाटा प्रयोग गर्न सकिने कम्पनीले जनाएको हो ।
Advertisement 1
नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न प्याकेज मध्ये वार्षिक एफटीटीएच कम्बो प्याकेज र एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताले यो सुविधा उपयोग गर्न सकिने कम्पनीको भनाइ छ । वार्षिक एफटीटीएच कम्बो प्याकेज अन्तर्गत ५० एमबीपीएस र १०० एमबीपीएस डाटाका साथै एक एनटीटीभी र एक टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले दैनिक रुपमा आफ्नो मोबाइलमा क्रमशः ६०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सक्नेछन् ।
एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने सेवाग्राहीलाई पनि त्यसै अनुसार मोबाइलमासमेत डाटा प्रयोग गर्न सकिने सुविधा उपलब्ध छ । यस अनुसार ५० एमबीपीएस, ७५ एमबीपीएस र १०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ६०० एमबी, ७०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सक्नेछन् भने १५० एमबीपीएस र २०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ९०० एमबी र १००० एमबी डाटा प्रयोग गर्न सक्नेछन् ।
Advertisement 2
आफूलाई आवश्यकता अनुसार उपयुक्त स्पिडको इन्टरनेट चलाउन, टेलिफोन गर्न, टेलिभिजन हेर्न र मोबाइलमा डाटासमेत चलाउन सकिने भएकाले नेपाल टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर सेवा हाल लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ । एनटी फाइबर सेवा प्राप्त गर्न चाहने सेवाग्राहीले १९८ मा डायल गरी प्राप्त सन्देशपछि एक डायल गरी आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने छ । त्यसपछि कम्पनीका प्रतिनिधिले आवश्यक जानकारी दिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
एउटैमा तीन प्लस एक सेवा
फाइबर टु द होम (एफटीटीएच) सेवाको हाल उपलब्ध अफर अन्तर्गतको प्याकमा एकैपटक चारवटा सुविधा लिन सकिन्छ । यसबाट एकै पटकमा उच्च गतिको इन्टरनेटका साथै रोजेको च्यानलसहितको टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ । एउटै तारबाट आवश्यकता अनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात् अब एउटैमा तीन प्लस एक सेवा नामकरण गरेको छ ।
Advertisement 3
अन्डरग्राउन्ड केबलमार्फत गुणस्तरीय सुविधा
एफटिटिएच सुविधा उपलब्ध गराउनका लागि आवश्यक पर्ने प्राइमरी नेटवर्क अर्थात् कम्पनीको मुख्य सिस्टमदेखि फाइबर डिस्ट्रिब्युसन क्याविनेट (एफडिसी) सम्मको नेटवर्क पूर्णत अन्डरग्राउन्ड अर्थात् जमिन मुनि हुन्छ । त्यसपछि ग्राहकको घरसम्म फाइबर पुर्याउनका लागि मात्र एरियल नेटवर्कको प्रयोग गरिन्छ ।
यसरी अन्डरग्राउन्ड गरिएका नेटवर्क तुलनात्मक रुपमा थप सुरक्षित र गुणस्तरीय समेत हुनुका साथै केबल जमिनमुनि रहने हुनाले काटिएर क्षति हुने सम्भावना कम रहन्छ । भरपर्दो मानिएको अन्डरग्राउन्ड नेटवर्कमार्फत् सेवाग्राहीलाई इन्टरनेट सुविधा उपलब्ध गराउने टेलिकम मुलुकको एक मात्र कम्पनी रहेको कम्पनीको भनाइ छ ।
ड्युअल ब्यान्ड सिपिइमार्फत् सेवा
पछिल्लो अवस्थामा कम्पनीले ड्युअल ब्यान्ड सिपिई (राउटर) मार्फत् एनटी फाइबर उपलब्ध गराइरहेको छ । पहिले वाइफाईको बढ्दो प्रयोगका कारण २.४ गिगाहर्जको फ्रिक्वेन्सीमा निकै धेरै सिग्नल रहने हुनाले २.४ गिगाहर्जमा धेरै अवरोधको कारण वाइफार्ई भरपर्दो नहुने र सोको तुलनामा पाँच गिगाहर्जको फ्रिक्वेन्सीमा वाइफाई भरपर्दो र गुणस्तरयुक्त हुने गरेको छ । ड्युअल ब्यान्डमार्फत सेवा उपलब्ध गराउँदा सेवाको निरन्तरता सुनिश्चित हुनुका साथै सेवामा अवरोध आउने सम्भावना पनि कम हुन्छ। यसबाट सेवाको गुणस्तर समेत सुधार भएको छ ।
तोकिएकै गतिमा इन्टरनेट सुविधा
नेपाल टेलिकमले २५, ५०, १०० र १५० एमबिपिएसको गतिमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको छ। कम्पनीका सेवाग्राहीले कम्पनीद्वारा तोकिएको गति अनुसारकै गुणस्तरीय सुविधा उपभोग गर्न पाउँछन् । कम्पनीले तोके बमोजिमकै व्यान्डविथ उपलब्ध गराइरहेको छ । सिंगल युजर भएको समयमा जहिले पनि यस अनुसारको गतिको सुविधा उपयोग गर्न सकिन्छ ।
एक्सजिपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा
नेपाल टेलिकमले हाल एक जिबिपिएस (१००० एमबिपिएस)सम्म उच्च गतिको एक्सजीपोन प्रविधिमा आधारित एफटिटिएच इन्टरनेट सेवा समेत प्रारम्भ गरेको छ ।
सो सेवा ५०० एमबिपिएस र एक जिबिपिएस गरी दुईवटा प्याकेजमा उलपब्ध छ। यसको डाउनस्ट्रिम क्षमता १० जिबिपिएस र अपस्ट्रिम क्षमता २.५ जिबिपिएस रहेको छ । हालका लागि काठमाडौं उपत्यकामा उपलब्ध गराइएको यो सेवा व्यावसायिक संस्थाका लागि लाभदायक छ ।
जडान र कम्प्लेनका लागि निःशुल्क नम्बर १९८–१
आफूलाई आवश्यक परेको स्थानमा एफटिटिएच सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१-१९८ मा डायल गरी प्राप्त सन्देशपछि फेरि १ डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिमार्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था छ ।
यो सेवाको प्रयोग गरी एफटिटिएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीहरुले १९८-१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने व्यवस्था पनि गरिएको छ । त्यसैगरी एफटिटिएच सेवाले राम्ररी काम नगरेमा वा लाइन बिग्रिएको अवस्थामा मर्मतका लागि आवश्यक गुनासो दर्ता गराउन पनि सकिन्छ ।
विभिन्न सुविधाका लागि नेपाल टेलिकम एप
नेपाल टेलिकम एपबाट अन्य विभिन्न सेवाका साथै एफटिटिएचको बारेमा पनि विभिन्न जानकारी लिन सकिन्छ । यसका लागि ग्राहकले प्रयोग गरिरहेको सिपियुको सिरियल नम्बर राखेर रजिस्टर गर्न सकिन्छ । यस पछि कस्टमर नम्बर राखेर विभिन्न सुविधा उपयोग गर्न सकिन्छ । घरमा एफटिटिएच चलेको वा नचलेको वा सिग्नलको अवस्था मोबाइलमा भएको एपबाटै हेर्न सकिन्छ । त्यसैगरी, सिपिइलाई एपबाटै रिस्टार्ट गर्न पनि सकिन्छ ।
आफूले चलाइरहेको प्याकेज र यसको स्पिड तथा चलाउन बाँकी प्याकेजको अवस्थाका बारेमा पनि यसबाटै जानकारी लिन सकिन्छ । इन्टरनेटको डाउनलोड र अपलोड स्पिड पनि थाहा हुन्छ । यसमा भएको सेटिङ प्रयोग गरी वाइफाइको नाम र पासवर्ड परिवर्तन पनि एपबाटै गर्न सकिन्छ ।
निःशुल्क ल्यान्डलाइन फोन
कम्पनीले एफटिटिएच सेवामा ग्राहकको आवश्यकता बमोजिमका विभिन्न प्याकेज उपलब्ध गराएको छ । यी प्याकेजमा फाइबर इन्टरनेटसहित एक लाइन निःशुल्क टेलिफोन सुविधासमेत उपलब्ध हुन्छ । यस अतर्गत प्राप्त हुने टेलिफोनबाट निःशुल्क रुपमा असीमित टेलिफोन गर्न सकिन्छ ।
सातदेखि सातसम्मको मर्मत सुविधा
हाल एफटिटिएच मर्मतका लागि बिहान सात बजेदेखि बेलुकी सात बजेसम्मकै सेवा उपलब्ध छ । काठमाडौं उपत्यकाका कार्यालयमा यो सुविधा उपलब्ध भइरहेको छ भने उपत्यका बाहिर पनि यस प्रकारको सेवा विस्तार भइरहेको छ । कुनै कारण एफटिटिएच सेवामा अवरोध उत्पन्न भएमा मर्मत सुविधा तत्काल उपलब्ध हुन्छ । सेवामा गडबडी आएको गुनासो लगत्तै मर्मतको कार्य सम्पन्न गरिने र लामो समयसम्म सेवामा अवरोध नरहने भएकाले सेवाग्राहीले निरन्तर सेवाको उपयोग गरी लाभ हासिल गर्न सक्नेछन् ।