सुन तस्करीबारे बयान दिन पूर्व सभामुख महरा सिंहदरबारमा
पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरासँग सुन तस्करी सुन तस्करी जाँचबुझ आयोगले अहिले बयान लिइरहेको छ । सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको कार्यकक्षमै पुगेर महराले बयान दिइरहेको आयोगका एक अधिकारीले इकर्मचारी डटकमलाई जानकारी दिएका छन् ।
Advertisement 1
सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा अहिले महरासँग बयान लिने काम भइरहेको बताइएको छ । भेपमा लुकाएर ९ किलो सुन ल्याइएको सम्बन्धमा कृष्णबहादुर महराको नाम समेत जोडिँदै आएको छ । यही प्रकरणमा प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले महरा पुत्र राहुललाई पक्राउ गरेको थियो ।
सरकारले सुन तस्करीबारे जाँचबुझ गर्न पूर्व न्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा, नेपाल प्रहरीका पूर्वएआईजी सहकुल थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की र गृह मन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य रहेको आयोग गठन गरेको छ । पूर्व सभामुख महराले अहिले सोही आयोगमा पुगेर आयोगका पदाधिकारीहरुसमक्ष बयान दिइरहेका हुन ।