मनाङमा ट्रक दुर्घटनाः मृत्यु हुनेको संख्या ६ पुग्यो

मनाङको नासों गाउँपालिका ४, खोत्रोमा शनिबार ट्रक दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। एक बालक रहेका छन्।

Advertisement 1

शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । घटनास्थलमै ३ जनाको मृत्यु भएकोमा उपचारका लागि लमजुङ ल्याउने क्रममा थप २ जनाको बाटोमै मृत्यु भएको थियो । एकजनाको उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमजुङको बेंसीसहरबाट मनाङको चामे जाँदै गरेको ध१ख ५९२ नं. को ट्रक मनाङको नासों गाउँपालिका ३, खोत्रोमा सडकबाट करिब ४५ मिटर तल मर्स्याङ्दी नदीमा खस्यो । लमजुङको बेंसीसहरबाट मनाङको चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक खोत्रोमा सडकबाट करिब ४५ मिटर तल मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको मनाङका डीएसपी सुवास खड्काले बताए । दुर्घटनामा परेर मनाङको नासों गाउँपालिका ४, ओडार गाउँकी ३५ वर्षीया मनिषा गुरुङ, उनका डेढ वर्षीय छोरा लियोन गुरुङ र ४ वर्षीय थियोन गुरुङको मृत्यु भएको हो । लियोनको घटनास्थलमै मृत्यु भएको थियो । थियोनको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा राती १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । मनिषाका बहिनी ३१ वर्षीया जलकाशी गुरुङको पनि घटनास्थलमै मृत्यु भएको थियो । उनका छोरा ६ वर्षीय नियोल गुरुङको पुरानो चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Advertisement 2

लमजुङका डीएसपी गंगाबहादुर थापाका अनुसार मनाङ ट्रक दुर्घटनामा गम्भीर घाइतेमध्ये २ जनाको उपचारका लागि जिल्ला अस्पताल बेंसीसहरतर्फ ल्याउँदै गर्दा मृत्यु भएको छ । ट्रकका सहचालक मर्स्याङ्दी गाउँपालिका(५, घेर्मु खोरियाखेतका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ का २८ वर्षीय राजु विकलाई उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको उनले बताए ।

 

प्रकाशित :२०७७ चैत्र ८, आईतवार १३:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry