राष्ट्रिय सभामा एमाले शून्य,अरु कुन दललाई कति सीट ?

राष्ट्रिय सभामा एमालेलाई शून्यको स्थितिमा पुगेको छ । राष्ट्रिय सभामा सीट भागबण्डाका लागि एमालेले लामो प्रयाश गरेको थियो । सत्ता गठबन्धन र प्रतिपक्ष मिलेको खण्डमा राष्ट्रिय सभाको चुनाव प्रतिस्पर्धाविहीन हुने स्थिति थियो ।

Advertisement 1

एमालेलाई सीट दिने बिषयमा सत्तारुढ गठबन्धनबीच मनमुटाव भएसँगै एमालेलाई राष्ट्रिय सभामा कुनै सीट नदिने गरि  १९ सीटमा सत्तारुढ दलहरूबीच भागबन्डा मिलेको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो ।

दलहरूको सहमतिअनुसार कांग्रेसले १०, माओवादीले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ सीटमा टुंगो लागेको छ । राष्ट्रिय सभामा बागमतीबाट सबैभन्दा बढी ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३–३ गरी ९, कोशी, मधेश र लुम्बिनीबाट २–२ दुई गरी ६ जना समेत १९ सीटका लागि निर्वाचन हुँदैछ ।

Advertisement 2

सत्तारुढ दलले प्रदेशगत रूपमा भागबन्डा गरेका हुन् ।

प्रकाशित :२०८० पुष २२, आईतवार ११:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry