प्रधानमन्त्री दाहालका मुख्य सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत
प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिएको राजीनामा स्वीकृत भएको छ । गजुरेलले गत मंसिर २० मा राजीनामा दिएका थिए ।
Advertisement 1
प्रधानमन्त्रीको सचिवालयले राजीनामा दिएको मिति मंसिर २० देखि नै लागू हुनेगरी राजीनामा स्वीकृत भएको बिहीबार जानकारी गराएको हो । प्रधानमन्त्री प्रचण्डले गत माघमा गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकारका रूपमा नियुक्त गरेका थिए।
प्रतिनिधिसभा निर्वाचन पार्टीका तर्फबाट अर्का नेतालाई उम्मेदवार बनाएपछि असन्तुष्ट गजुरेललाई प्रधानमन्त्री दाहालले माघ ९ गते राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए । तर प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले नियुक्त भएको १० महिनापछि राजीनामा बुझाएका थिए । माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका नेता गजुरेलले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने आन्तरिक तयारीका साथ राजीनामा दिएको चर्चा छ ।