त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागि

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रतिक्षाहलमा आगलागि भएको छ। आज विहान चिनियाँ नागरिकले बोकेको लगेजमा आगलागि भएको हो ।

Advertisement 1

डीआइजी अर्जुन चन्द ठकुरीका अनुसार चीन जानका लागि बोर्डिङ पास सकेर प्रतिक्षा हलमा बसिरहेका चिनियाँ नागरिकले बोकेको लगेजमा एक्कासी आगलागि भएको हो ।

उडानका निम्ति यात्रुकक्षमा पुगेका ती चिनियाँ नागरिकले पावरब्यांक चार्जमा राखेका थिए । उक्त पावरब्यांक पड्कँदा ह्यान्डब्यागमा आगो लागेको डीआइजी ठकुरीले जानकारी दिए ।

प्रकाशित :२०८० मंसिर १७, आईतवार १२:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry