मुख्य आरोपी प्रहरीकै अगाडि फरार, छ जना प्रहरी हिरासतमा
अञ्जनकुमार हिमाली
पुलिसकै सुराकमा मुख्य आरोपित भनिएका मृगेन्द्र र बिनिता घिमिरे फरार भए । घरमा प्रहरीले पहारा दिइरहेको अवस्था मै घिमिरे दम्पति कालिकाचोकमा रहेको उनको घरको पछाडिबाट भागेको कुरा छ । एक सुचना अनुसार नेपाली काङ्ग्रेसका निवर्तमान सभापति तथा प्रदेश सासद भेषबहादुर पौडेलले प्रहरीलाई दबाब दिएर पक्राउ बाट बचाएको भन्ने पनि छ । पौडेलका भिनाजु हरिबहादुर थापापनि सहकारी ठगीमा मुछिएका कारण पौडेल घिमिरे एउटै पार्टीका भएपनि सम्बन्धका हिसाबले सुमधुर मानिदैन तर उनलाई पक्राउदा आफ्नापनिब फस्ने डर माननीयलाई भएकोले प्रहरीलाई दवाव आएको एक श्रोतको दावी छ ।
Advertisement 1
मृगेन्द्रसग राम्रै हिमचिम बनाएका अनुसन्धानमै खटिएका प्रहरीले उनलाई उम्काएको शंकालाई अन्दाज गर्न नमिल्ने पक्राउ परेकाहरुले बताएका छन । हैन भने एकाबिहान पक्राउ गर्न गएका प्रहरी कसरी रित्तो हात फर्किए ? महिनादिन पहिले नै जिल्ला अदालत लमजुङले पक्राउ पुर्जी काटिएको, अनि पीडितहरुले किटानी सहित उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुग्दा फलाना फलनाको नाम किन हालेको भन्दै सच्याउन लगाएको व्यापक हल्लीखल्ली त चलेकै थियो । अपुष्ट सूचना अनुसार कालिका सहकारीको मुद्दालाई हेरिरहेका एक प्रहरीले नै आरोपित मृगेन्द्र र श्रीमती बिनितालाई आज पक्राउ पर्ने संभावना रहेको सुचना चुहावट गरेर पक्राउबाट जोगिन लगाएको चर्चा छ ।
कतिको आशका घरमा बाहिरबाट ताला ठोकेर भित्र बसेको भन्ने छ जे भनिएपनि संचालक समितिमा रहेका शिव सिलवाल, कृष्ण लामिछाने, मिलन दनाई, कृष्ण केसी बेदराज खनिया र महेन्द्र पौडेललाई १० गते सखारै पक्राउ गर्दा घिमिरे दम्पति भने उछिट्टिएका छन ।
मर्ज भएर बनेको कालिका सहकारीको अध्यक्ष आफैलाई बनाउने र श्रीमती बिनितालाई मोटो तलबमा प्रबन्धक बनाउने आशामा थिए मर्ज पुर्वका अध्यक्ष मृगेन्द्र घिमिरे । १२ देखि १५ हजरमा काम गर्दै गरेकी श्रीमतीको तलब ह्यात्तै बढाएर ४० हजार पुर्याए मर्ज हुनु भन्दा महिना दिन पहिले मात्रै । मर्ज भए पछि उनले सोचेको जस्तो केही भएन न उनको श्रीमतीलाई आकर्षक तलब दिएर नै राखे न उनलाई नै अध्यक्ष बनाए न त उनको घरमा नै अफिस राखियो । दुईवटा मिलेर एक्लाएको महसुस गरेका मृगेन्द्रले लाखौ रकम बचत गरेका बचतकर्ताहरुलाई उक्साएर बचत फिर्ता गर्न लगाए । बजारमा लगानी भनिएको रकम उठेको छैन । बचत गरेकाहरु धमाधम रकम फिर्ताको लागि आएर हत्तु पार्न थालेपछि २०७७ मा मर्जपछि बनेका समितिले कालिकाको पुरानो सबै हिसाब किताब खोज्न थाले । कालिकाको हिसाबकिताब पारदर्शी थिएन । ऋण लगानी गरेको देखिन्छ तर ऋणिको भन्ने खुलेन । छदम नाममा प्रवाह गरिएको ऋण लगानी कसरी उठाउने हो केही आधार भएन । मर्ज भएको केही समयम उनीहरु बीच खटपट शुरु भयो अनि मृगेन्द्र बुढाबुढीपनि आफुहरुलाई मात्रै करकर गरेको भन्दै सम्पदा र कर्पुरेश्वरका भित्री कमजोरी पत्ता लगाएर ठेल्न थाले ।
Advertisement 2
आफ्नो टाउको फुटेपछि मितको टाउको बेलैसरी भने झै घिमिरेले सम्पदा र कर्पुरेश्वरका पुर्व अध्यक्ष प्रबन्धकका विरुद्ध उजुरी हाल्न अगाए । झण्डै ११ करोड आर्थिक हिनामिना भएको तथ्य बाहिरिएसगै छानबिनको दायरामा आएको कालिकाका तत्कालिन पदाधिकारी मृगेन्द्र घिमिरे उनको श्रीमती बिनिता घिमिरेले मात्र नभई आर्थिक समितिका लेखापरीक्षक महेन्द्र शर्मा पौडेलले कार्यालयका तथ्याङ्कहरु नष्ट गर्ने, ऋणिहरुको सम्पत्ती आफ्नो नाममा पास गराउने, कर्जा लगानीमा समेत बढी रकमको तमसुक तयार गरि कम रकम प्रदान गर्ने गरेको तथ्य अनुसन्धानबाट देखिएको थियो ।
ठगीको यथेष्ट प्रमाण सहित रजिष्ट्रारको कार्यालयले मुद्दा दर्ताको लागि फाईल पेश गरेको लामो समयपछि यही १० गते सखारै कालिका सहकारीका वर्तमान अध्यक्ष शिव सिलवाल, उपाध्यक्ष कृष्ण लामिछाने, सचिब कृष्ण केसी, मिलन शर्मा दनाई, प्रबन्धक बेदराज खनिया र आर्थिक समितिका महेन्द्र शर्मा पौडेललाई पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि हिरासतमा राखेको छ ।
Advertisement 3
पक्राउ परेका मध्ये पत्रकार महासघ लमजुङ पुर्व अध्यक्ष समेत रहेका लमजुङका पुरना इमानदार र स्थापित पत्रकार कृष्ण केसीले आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै सो सस्थाको आफू सचिव भएपनि आर्थिक रुपले कहिँ कतै नजोडिएको, सस्थाको हित बिपरित एक सुको अपचलन नगरेको र आफू दोषी भए जस्तो सुकै सजाय पनि भोग्न तयार रहेको जनाएका छन । हुन पनि पत्रकार केसी आजसम्म आर्थिक रूपमा मात्रै हैन सामाजिक प्रतिष्ठाको बिषयमा कतै चुकेको देखिदैनन । सफेद व्याबहारका केसी आफुले गल्ती नगरेकोले छिट्टै न्याय पाउनेमा आशाबादी छन । भने अहिले मृगेन्द्रको घरमा प्रहरीले पहरा दिएर बसेको छ ।