अर्थतन्त्र चलायमान बनाउन आज निजी क्षेत्रसँग सुझाव लिने

मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले आज निजी क्षेत्रसँग सुझाव, सल्लाह लिने भएको छ ।

Advertisement 1

अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाबारे जानकारी लिन हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका थिए। सोही क्रममा सरकारले मंगलबार दिउँसो दुई बजे सिंहदरबारमा निजी क्षेत्रसँग छलफल गर्ने भएको छ ।

मुलुकका बाह्य सूचक बलिया हुँदै आएको, वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, ब्याजदर घट्दो क्रममा रहेकोलगायत सकारात्मक पक्ष रहे पनि आन्तरिक आर्थिक गतिविधि बढ्न नसकेकाले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले छलफल थालेको हो ।

प्रकाशित :२०८० मंसिर ५, मंगलवार ०९:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry