कीर्तिपुर आयुर्वेद कलेजमा अध्ययनरत भट्टले गरिन् आत्महत्या

कीर्तिपुरको आयुर्वेद कलेजमा अध्ययनरत एक विद्यार्थी आत्महत्या गरेकी छिन्।
Advertisement 1
बिहीबार अत्याधिक औषधि सेवन गरेका कारण गायत्री भट्टको छात्रवासमा मृत्यु भएको हो । भट्ट ड्रिप्रेशनमा रहेकी बुझिएको छ। बिहीबार बिहान ८ बजे सबै साथिहरूले एकैसाथ खाना खाएका थिए। शिवरात्री परेकाले साथिहरूले मन्दिर आग्रह गरेका थिए।तर, राति नसुतेको र परीक्षा आउनलागेको भन्दै भट्टले बाहिर जान इन्कार गरेकी थिइन्।
‘तपाईहरू जानुहोस् भन्दै साढे ८ मा कोठमा गएकी थिइन रे। तीन–चार बजे साथिहरूले हेर्दा भित्रबाट बन्द थियो’, कलेज प्रमुख डा. शिव मगंलले बताए। साथिहरूले ढोका नखोलेपछि अर्को कोठाको झ्यालबाट हेर्दा भट्टलाई असमान्य अवस्थामा देखेका थिए। झ्यालबाट भित्र पुगेर हेर्दा भट्ट बेहोस अवस्थामा भेटिएको डा. मंगलले बताए। त्यसपछि, साथिहरूले किर्तिपुर अस्पताल लगेका थिए। अस्पताल लगेको केहीबेरमै भट्टको मृत्यु भइसकेको थियो।
Advertisement 2
‘