सशस्त्र प्रहरीले रोप्यो मुख्यालयसहित देशभरका युनिटमा ११ हजारभन्दा बढी बोटबिरुवा

विश्व वातावरण दिवशको अवसरमा सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हल्चोक स्वयम्भू परिषरमा २ सय ४२ सहित देशभरका युनिटहरुमा ११ हजारभन्दा बढि बोटविरुवा रोपिएको छ ।सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सहभागितामा जेठ २२ गते मुख्यालयमा भएको वृक्षारोपण कार्यक्रममा फलफूल लगायतका विभिन्न जातका बोटविरुवाहरु रोपिएको हो ।
Advertisement 1
मुख्यालयमा भएको वृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरुको सहभागिता रहेको थियो । यसैगरी विश्व वातावरण दिवशकै अवसरमा देश भरका सशस्त्र प्रहरी बल, नेपालका ईकाईहरुमा समेत फलफूल लगायत विभिन्न जातका बोटविरुवाहरु रोपिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी र मातहतका युनिटहरुले १ हजार ८ सय ७७ वटा, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र मातहतका युनिटहरुले १ हजार ५ सय ६० वटा, नम्बर ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुर र मातहतका युनिटहरुले ६ सय ५९ वटा, नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की र मातहतका युनिटहरुले ५ सय वटा, नम्बर ५ विन्ध्यवासीनी बाहिनी मुख्यालय रुपन्देही र मातहतका युनिटहरुले २ हजार ९८ वटा, नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत र मातहतका युनिटहरुले २ सय ५३ वटा, नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली र मातहतका युनिटहरुले १ हजार ७ सय ९२ वटा तथा नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं र मातहतका युनिटहरुले ७ सय १८ वटा बोटविरुवा रोपिएको छ ।
Advertisement 2
त्यसैगरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ र मातहतका युनिटहरुले १ हजार ३ सय २६ वटा, नेपाल एपीएफ अस्पतालले १६ वटा, न. १९ बगलामुखी विशेष कार्यदल गण हलचोक काठमाडांैले १ सय ६८ बोटविरुवा रोपेको हो ।