प्रदेश निजामति सेवा ऐनमाथिको सैद्धान्तिक छलफल सकियो

कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ । बिनाविभागीयमन्त्री शम्शेर राईले सदनमा पेस गरेको सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरु रेवतीरमण भण्डारी, गोम्बू शेर्पा, विदुरकुमार लिंथेम र प्रदीपकुमार सुनुवारले धारणा राखेका थिए ।

Advertisement 1

उनीहरुले कोशी प्रदेश सरकार र जनतालाई सुमधुर सम्बन्ध स्थापना महत्वपूर्ण भूमिका निर्वाह गर्ने निजामती सेवा ऐन त्रुटिरहित हुनुपर्नेमा जोड दिए । उनीहरुले प्रस्तुत विधेयकको मस्यौदामै धेरै त्रुटि देखिकाले ऐनलाई समृद्ध बनाउन दफावार छलफल गर्नुपर्ने, कर्मचारी नियुक्ति, सरुवा र बढुवा तथा योग्यता ऐनमै स्पष्ट पार्नुपर्ने धारणा राखेका छन ।

सैद्धान्तिक छलफलमा उठेका विषयमा मुख्यमन्त्री केदार कार्कीका तर्फबाट बिनाविभागीयमन्त्री राईले जवाफ दिँदै सुशासनबिना विकासको कल्पना गर्न नसकिने भएकाले यो विधेयकमा पर्याप्त छलफल हुने बताए । उनले सैद्धान्तिक छलफलमा उठेका विषयमा गम्भीर भएर बहस र छलफल गरी त्रुटिरहित विधेयक बत्रेमा विश्वास व्यक्त गरे ।

Advertisement 2

आजको बैठकको विशेष समयमा बोल्दै जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता निर्मला लिम्बूले कर्णाली प्रदेशमा आएको भूकम्पबाट भएको जनधन क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे ।

नेता लिम्बुले ताप्लेजुङको सुदूरपूर्व हिमाली क्षेत्रमा रहेका जनतालाई सेवासुविधा पुर्‍याउन सरकारको ध्यानाकर्षण पनि गराएका थिए । उनले ताप्लेजुङकै तिपला भञ्ज्याङको बाटो खोल्न सरकारसँग माग गरेका थिए ।

Advertisement 3

प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरु खड्गबहादुर बस्नेत, गोविन्द गिरी र सदानन्द मण्डल मुलुकको समसामयिक विषयमा धारणा राखेका थिए । कोशी प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने छ ।

प्रकाशित :२०८० कार्तिक २१, मंगलवार १५:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry