गैर आवासीय नेपाली र तिनीहरूलाई हेर्ने राजनीतिक दृष्टिकोण
गैर आवासीय नेपालीको काठमाडौंमा भै रहेको ११ औं अधिवेशनमा मन्त्री सम्म भई सकेकी एक जना नेत्तृ बम्केको देखेर उदेक लाग्यो। उदेक त आफूलाई एन आर एन हु भनेर फूर्ति देखाउनेको पनि कम छैन तर पनि नेपालीहरू विदेशिन वाध्य हुनुको पिंडालाई नेपालमा राजनीति गर्छु भनेर गर्व गर्नेहरूले महसुस नगर्नु र गर्न नसक्नु अर्को बिडम्बना हो। फेरि आफूलाई देशको नीति निर्माता, नीति कार्यान्वयनको उच्च तह र विदूषीको रूपमा चर्चा गर्ने स्व- घोषित ब्यक्तिले एउटा नेपालीको पिंडालाई उपहास गरेर एउटा श्रमीकको अपहेलना गर्ने कार्यलाई कसरी मूल्यांकन गर्ने?
Advertisement 1
यस्ता अभिब्यक्ति बेला बेलामा आई रहनु सामान्य नै भै सकेको छ।एक पटक आफूलाई साईकले नेता ठान्ने पूर्व मन्त्रीले समेत यी टिकटके नेता कै शैलीमा विदेशिनु परेका नेपालीहरू उपर विष बमन गरेकै हुन।यसरी मातृभूमि छाडेर केही समय मुलुक बाहिर बसेका उपर विष बमन गरेर मात्र त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थलको लर्को रोकिन्छ र!
यसरी विदेशिएका नेपालीहरूलाई विदेश मै राजनीतिक भाग बण्डा लगाएर आफ्ना भातृ, भगिनी संगठन गराउन कुन राजनीतिक दल चुकेको छ? सम्भवतः सबैले विदेशमा बस्ने नेपालीको आश्रयलाई आआफ्नो चौतारी बनाएका छन, चौतारी मात्र हैन होम स्टे नै बनाएका छन्, चुनावी खर्चको नाममा पैसा जम्मा गरेका छन्। यसरी पुल्पुल्याएका गैर आवासीय नेपालीले आवासीय नागरिक सरह हुन चाहनु अपराध हैन, देशको लागि उनीहरूको सहयोग आवश्यक पर्छ भने ऐन कानून बनाएर समेटे हुन्छ। गैर आवासीय नेपाली नागरिकको एकोहोरो चाहनाले मात्र हुने केही हैन, उनीहरूको चाहना र राष्ट्रको खांचो जहां मिल्छ त्यहां सम्म जाने हो।
Advertisement 2
यसरी विदेशिएका नागरिकलाई एउटै डालोमा हालेर हेर्न पनि मिल्दैन। किनभने यी सबै विदेशिनुको कारण एउटै छैन। यी विदेशिनेहरू मध्ये माओवादी द्वन्दमा भएको ज्यादतीबाट बच्न विदेशिनेको संख्या अधिक छ।नेपालमा बस्न नसक्ने अवस्था आए पछि प्रायः यूवाहरू अध्ययनको नाममा , रोजगारीको नाममा,शरणार्थीको नाममा, ब्यबसायीको नाममा, पर्यटकको नाममा विदेशिएका हुन्। देशको अबस्था सुध्रिए पछि स्वदेश फर्कने आशा राखेका यूवाहरूको अपेक्षामा तूषारापात भए पछि यी यूवाहरू विदेश मै अल्झेर बसेको अबस्था हो अहिले। कथित दश वर्षे जनयुद्ध गर्यौ भन्नेहरू नै सत्तामा बसेको दशकौ हुदा पनि द्वन्दको घाऊ निको गर्न नसके पछि यस्तो लाग्नु स्वभाविकै हो।
फेरि जो नेपाली गैर आवासीय भएर बसेका छन् उनीहरूमा पनि केही उन्माद, केही घमण्ड नभएको पनि हैन। उनीहरू आफुलाई एक नम्बरको नेपाली हुं भनेर नाक फुलाउछन्। नेपालमा रहे बसेकाहरू विदेशमा आवासीय सुविधा नपाएका कारण कुण्ठा पोखेका मात्र हुन, यिनीहरूबाट देश बन्दैन, हामीहरू नै सर्बे सर्बा हौ भन्ने भावना कताकता गैर आवासीय नेपालीहरूले लिएको पनि पाईन्छ। हामी संग पूंजी छ, सीप छ, योग्यता छ, ज्ञान छ भन्ने जस्तो घमण्ड यिनीहरूमा रहेको पाईन्छ।
Advertisement 3
तर यस्तो सोच भएका गैर आवासीय नेपालीको संख्या भने सीमित छ। यिनको आनीबानी र ब्यबहारबाट समस्त विदेशिएका नेपालीले पिंडा खेप्नु परेको कटु सत्य हो।फेरि यिनीहरूले नेपालको राजनीतिमा चासो राख्नै हुदैन भन्ने पनि हैन। आफू जन्मे हुर्केको भूमिको चासो र चिन्तालाई अन्यथा भन्न मिल्नै हैन तर राजनीति गर्न सक्ने हो भने आफू बसेकै देशमा गरे हुन्छ, नेपालका नेताका कमी कमजोरी औल्याउने काम पनि नेपाल कै नागरिकले गर्छन्। नेपालका नेतालाई फेरि अर्ति दिएको, सुझाव दिएको मन पनि पर्दैन नि त! त्यसैले यस्तो काममा समय खेर फाल्नु गैर आवासीय नेपालीलाई सुहाउदैन पनि।
अनि विदेशिएका सबै नेपालीहरू गैर आवासीय हुन् कि भने जस्तरी नेपालमा राजनीति गर्नेहरूले आरोप लगाएको पाईन्छ, त्यो गलत हो। कतिपय यूवाहरू विदेशको कामको अनुभव र सीप आर्जन गरेर स्वदेश फर्केका छन् तर त्यहा आफूले सिकेको सीपको उपयोग गर्न नपाएर बेरोजगार भएको कुरा पनि छिपेको छैन।
नेपालमा लगानीको क्षेत्र अझै सहज बनाउने हो भने अन्य विदेशीको तुलनामा यिनै गैर आवासीय नेपालीहरू आफ्नो मातृभूमिमा नै लगानी गर्न चाहन्छन् र जसको परिणाम देश र जनतामा समृद्धी आउन सक्छ तर गैर आवासीय नेपालीहरू उपर राजनीतिक वृत्तले टेढो आखाले मात्र हेर्ने हो भने यसको नतिजा सकारात्मक हुन सक्दैन। देश वर्तमान अवस्थामा पुग्नुको अपजस राजनीतिक वृत्तले स्वीकार गर्नुको विकल्प छैन, अरूको टाउकोमा दोष थोपरेर राजनीतिक नेत्तृत्त्व कतै उम्कन सक्दैन। त्यसैले के आवासीय के गैर आवासीय सबै नेपालीको अथक प्रयासले मात्र देशको विकास सम्भव छ भन्ने बुझ्न जरूरी छ।