काठमाडौंको कीर्तिपुरमा गरिमा विकास बैंक लिमिटेडको १२२औं शाखा कार्यालय संचालन

काठमाडौंको कीर्तिपुरमा गरिमा विकास बैंक लिमिटेडको १२२औं शाखा कार्यालय” संचालनमा आएको छ ।
Advertisement 1
आफ्नो शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिदै गरिमा विकास बैंकले ऐतिहासिक धरोहर बोकेको कीर्तिपुर, काठमाडौंमा आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ आफ्नो १२२औं शाखा कार्यालय सञ्चालन गरेको हो ।
विगत १६ वर्ष देखि निरन्तर गुणस्तरीय एवं सुरक्षित बैकिङ् सेवा प्रदान गर्दै आईरहेको यस गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आईरहेको छ । काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सुन्दर शहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले समेत निकै नै महत्वपूर्ण मानिन्छ ।
Advertisement 2
हाल, यस विकास बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।
प्रकाशित :२०८० आश्विन १२, शुक्रबार १४:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%