आइएमईको योजना सार्वजनिक : आइएमई गरौँ,करोडपति बनौँ

आइएमईले विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम(रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले आइएमई गरौँ,करोडपति बनौँ योजना सार्वजनिक गरेको छ ।

Advertisement 1

नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सो योजना सार्वजनिक गरेको हो । आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने आइएमईले जनाएको छ । सगसगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । यसै गरी दसैँ,तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन् ।

आइएमई गरी आइएमई पे वालेट र बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउण्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने छन् । यो योजना २०८० असोज २ गते देखि २०८१ भदौ मसान्त सम्म लागु हुने कम्पनिले जनाएको छ ।

Advertisement 2

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताएका छन् । साथै यो योजनाले डिजिटल माध्यमबाट रकम पठाउन सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् ।

Advertisement 3

 

 

प्रकाशित :२०८० आश्विन ३, बुधबार १०:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry