सुन तस्करीमा सहकर्मी धमाधम तानिन थालेपछि कर्मचारी आन्दोलित,अनुसन्धान प्रभावित पार्न हड्ताल

सुन तस्करी प्रकरणमा एक पछाडि अर्का भन्सारका कर्मचारीहरु तानिन थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

Advertisement 1

सीआईबीले शनिबार मात्र एक जना भन्सार अधिकृत र दुई जना नायब सुब्बालाई ६० किलो सुन प्रकरणमा पक्राउ गरेको थियो । यसअघि पनि दुई जना भन्सार अधिकृत र अन्य कर्मचारी पक्राउ परिसकेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा शनिवारमात्र केन्द्रीय अनुसन्धान व्युरोले भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बा वीरेन्द्र नेपाली र कमल परियारलाई पक्राउ गरेको हो ।
यस अघि भन्सारकै दुई जना भन्सार अधिकृत र अन्य कर्मचारीसहित ३० जना पक्राउ परिसकेका छन । केही अघि रेवन्त खड्का सहितका कर्मचारी सुन काण्डमै पक्राउ परेर प्रहरीको खोरमा पुगेका छन् ।

Advertisement 2

विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले गएको साउन ३ गते सिनामङ्गल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । यसरी भन्सारका एक पछाडि अर्का कर्मचारीहरु सुन काण्डमा डामिएर बदनाम बनेपछि त्यहाँका सयौं संख्याका कर्मचारी एक जुट भएर धरपकडको विरोधमा आन्दोलित भएका हुन ।

उनीहरुले आजबाट विभिन्न पाँच बुँदे मागसहित आन्दोलन थालेका हुन् ।

Advertisement 3

अनुसन्धानको नाममा निर्दोष कर्मचारीलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिनेलगायत कार्य अविलम्ब बन्द गर्नुपर्ने, कार्यस्थलमा नियमित उपस्थित भई निर्भिक रुपमा उच्च मनोबलका साथ कार्य गर्ने वातावरण हुनुपर्ने, बिनाप्रमाण थुनामा राखिएको सबैलाई रिहा गर्नुपर्ने, कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्ने कार्य तत्काल बन्द गर्न र कर्मचारीलाई मात्र दुःख दिने कार्य बन्द गर्नुपर्ने उनीहरुको माग छ ।

कर्मचारीहरुले आज सांकेतिक विरोधस्वरुप तीन घण्टा पेन डाउन गरिएको जनाएका छन् । त्यस्तै, भदौ २५ र २६ गते कार्यालयको कार्गो जाँचपास शाखामार्फत् हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्ण रुपमा बन्द गर्ने, भदौ २७ गते यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरु प्रभावित गर्ने र यसबाट हुन सक्ने क्षति सम्बन्धित पक्ष स्वयम हुनुपर्ने उनीहरुले जनाएका छन् ।

आफ्ना माग सम्बोधन नभए विरोधका थप कार्यक्रमहरु घोषणा गर्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित :२०८० भाद्र २४, आईतवार १९:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry