सामाजिक सद्भावमा देखिन लागेको विग्रह

धरानमा मन्दिरको सामने मस्जिद बनाईएछ, त्यो पनि झुक्याएर। बनाउनु थियो भने हाक्का हाक्की बनाए होईजान्थ्यो। मस्जिद बनाउने पक्षलाई जानकारी थियो कि त्यो ठाऊमा मस्जिद बनायो भने सनातनीहरूले पक्कै विरोध गर्छन्, त्यसैले झुक्याएर बनाएको हुनु पर्छ ।

Advertisement 1

नेपालको संविधानमा नेपाललाई धर्म निरपेक्ष राज्य भनिएको छ, यो संविधान भन्दा अगाडिका संविधान धार्मिक निरपेक्षित थिएनन्,सबै धर्म बीच समन्वय राखिएको थियो, धर्मका नाममा झगडा हुने थिएन बरू एक अर्को बीच सम्मान गरिन्थ्यो।

माओवादीले आफूलाई कुनै धर्म भित्र पार्दैन। किन भने यसले धर्मलाई अफिम भन्दो रहेछ र भौतिकवादी पनि, त्यसै भएर हाम्रा प्रमं पुष्प कमलले आफ्नी पत्नीको मृत्युमा किरीया कर्म गराएनन् तर हिन्दू परम्परा वमोजिम सदगत भने गराए। उहा मुलुकको प्रमं नभएर माओवादीको अध्यक्ष मात्र भएको भए कुरो बेग्लै हुने थियो तर प्रमं पत्नी ( प्रथम महिला) को रूपमा राज्यबाट सम्मान लिन खोज्नेले करीव ९३ प्रतिशत सनातनीहरूको मान्यतामा कुल्चने हक थिएन तर उनले आफूलाई यो मामलामा समेत चुकाउने काम गरे। यिनको यो सोचले पनि कृश्चियानिटीलाई मद्दत पुगेको पाईन्छ।

Advertisement 2

धर्म नमान्ने भए पछि वा धर्मलाई अफिम भने पछि उसले कुनै पनि धर्म नमान्नु पर्ने हो तर नेपालका कम्युनिष्टहरू होली वाईनलाई पन्चामृत मान्छन्। यिनीहरूले आफ्नो राजनीतिमा कृश्चियनको डलर प्रयोग गरेका छन् र सो डलर लिए वापत यिनीहरूले हिन्दू धर्म माथि आक्रमण गरेर जन युद्धको नाममा आतंक फैलाए तर त्यति बेला चर्चहरूको स्थापना गर्दै रहे। रूकुमको टक्सेरामा उनीहरू द्वारा बनाईएको चर्च हेरे पुग्छ। यिनीहरूको आन्दोलनलाई ईशाई पादरीहरूबाट सहायता लिए वापत हिन्दू धर्म मासेर कृश्चियानिटी फैलाउन पट्टी यिनीहरू लागे।

अहिले नेपालका सनातनीहरूलाई आवेगमा ल्याउन धरानमा गोरू काटेर खाए जुन कुरा नेपालको कानूनले दण्डनीय मानिन्छ तर यस्तो घृणित कार्य हुदा हुदै आखा चिम्लेर बस्ने नेपालका गृह मन्त्री उनै माओवादीका छन्।हालै भारतको मणिपूरमा भएको घटनालाई बिर्साउने संकेत धरानबाट शुरू हुदैछ जुन दुःखको कुरा हो। राज्यको आफ्नो धर्म हुदैन भनेर राज्यको परम्परा र संस्कारलाई नमान्ने राजनीतिक सोचले राज्यको पहिचान कसरी दिन सक्छ ?

Advertisement 3

यसरी राज्यको आत्मा र पहिचानलाई धर्म निरपेक्षताको नाममा नामेट पार्नु कुनै पनि राजनीतिको कर्तब्य भित्र पर्ने विषय हैन। सयौ थुंगा फूल संग नेपालको राष्ट्रिय गानलाई जोड्नेहरू त्यो गानको मर्म र भावना विपरीत धार्मिक द्वन्दलाई मलजल गरी रहेका छन्। पहिचानको राजनीति गर्छु भन्नेहरू प्रदेशलाई जातीयता संग जोडेर सामाजिक सद्भावलाई बिथोल्न उद्दत देखिएका छन्।

समाजका सोझा साझा र कम पढेलेखेका वर्ग र समुदायलाई ढाल बनाएर पूर्वान्चल वा कोशी प्रदेशमा थालनी गरिएको विग्रह जन्य कार्यको जुनसुकै तवरबाट भत्सर्ना गर्न लायक छ।

प्रकाशित :२०८० भाद्र ९, शनिबार ०९:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry