यस्ता छन् सरकार र विप्लव समूहबीच भएको सहमतिका तीन बुँदा
नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लवले नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमतिमा दुबै पक्षले हस्ताक्षर गरेका छन्। शुक्रबार दिउँसो राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
शुक्रबार दिउँसो प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भएको एक कार्यक्रममा दुबै तर्फका वार्ता टोली संयोजकले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
Advertisement 1
यस्ता छन् सहमतिका तीन बुँदा
१) दुबै पक्ष देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने सहमत।
२) विप्लव नेतृत्वको नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमत।
३) नेपाल सरकार विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध हटाउन र कार्यकर्तामा रिहाइ र सबै मुद्दा खारेज गर्न सहमत।