सरकारी प्रतिवेदन भन्छ :-केन्द्रीय बैंककै १५ प्रतिशत कर्मचारी यौन दुर्व्यवहारको शिकार

झण्डै १५ प्रतिशत कर्मचारीहरु यौन तथा शारीरिक उत्पीडनको शिकार हुनु परेको एउटा तथ्य सार्वजनिक भएको छ । यस्तो तथ्य अरु कुनै निकायले वा व्यक्तिले प्रतिशोध साध्न लगाएको आरोप नभइ नेपाल राष्ट्र बैंक आफैंले तयार पारेको अध्ययन प्रतिवेदनले बोलेको कुरा हो ।

Advertisement 1

नेपाल राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले सार्वजनिक गरेको ‘नेपाल राष्ट्र बैंकमा मानव संशाधन व्यवस्थापन अभ्यास’ सम्बन्धी अध्ययन प्रतिवेदनमा बैंकका कर्मचारीहरु यौन तथा शारीरिक उत्पिडन भोग्न बाध्य रहेको तथ्यांक सार्वजनिक भएको छ । सो प्रतिवेदन अनुसार केन्द्रीय बैंकका १५ प्रतिशत कर्मचारी यौन तथा शारीरिक उत्पीडन र ६० प्रतिशत कर्मचारी मानसिक उत्पीडनको शिकार हुने गरेको उजागर गरेको छ । गत आर्थिक बर्ष नेपाल राष्ट्रबैंकले गरेको सर्वक्षणमा केन्द्रीय बैंकका झण्डै १५ प्रतिशत कर्मचारीहरु यौन दुव्यर्वहार भोगिरहेको बताइएको छ । सर्वक्षणका क्रममा केन्द्रीय बैकमा कार्यरत झण्डै ११ सय कर्मचारीमध्ये १ सय ६५ जना कर्मचारीहरुले यौन तथा शारीरिक हिंसाको सामना गर्नुपरेको बताएका थिए ।

Advertisement 2

 

तपाईं कार्यालयमै यौनजन्य वा शारिरिक हिंसाबाट पीडित हुनुभएको छ ? भन्ने प्रश्नमा ० दशमलव ९ प्रतिशतले अक्सर, ४ दशमलव ३ प्रतिशतले कहिलेकाहीँ र ९ दशमलव ६ प्रतिशतले बिरलै भन्ने जवाफ दिएका छन् । त्यस्तै, ८५ प्रतिशतले आफूहरुले अहिलेसम्म कार्यालयमै यौनजन्य वा शारिरिक हिंसाबाट पीडित भएको महशुस नगरेको जवाफ दिएका छन् ।

Advertisement 3

नेपाल राष्ट्र बैंकमा झण्डै ११ सय कर्मचारी कार्यरत रहेको बैंकले जनाएको छ ।

 

यस्तै राष्ट्र बैंकमा कार्यरत २०० जनाभन्दा धेरै कर्मचारीहरु ‘भेडा’ जस्ता अर्थात् कामै नलाग्ने, बुद्धु रहेको सार्वजनिक भएको छ । उक्त प्रतिवेदनमा २० प्रतिशतभन्दा धेरै कर्मचारी ब्ल्याक सीप (कालो भेडा) अर्थात् काम नलाग्ने रहेको उल्लेख छ ।

प्रकाशित :२०८० भाद्र १, शुक्रबार १६:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry