एभरेष्ट बैंकद्वारा नेपालमा पहिलो पटक अफलाइन भुक्तानी सेवाको सुरुवात

एभरेष्ट बैंकले फाने पे नेपालसँगको सहकार्यमा नेपालमा पहिलोपटक ‘अफलाइन भुक्तानी’ सेवा सञ्चालनमा ल्याएको छ ।​​

Advertisement 1

बैंकका सम्पूर्ण ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ्ग एपबाट यो सेवा उपभोग गर्न सक्ने छन् । यस सेवा अन्तर्गत ग्राहकहरूले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन् । विशेष कार्यक्रमकाबीच बैंकका नायब महाप्रबन्धक आशुतोष शर्मा र फोन पे नेपालका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले सेवाको समुद्घाटन गरेका हुन् ।

सो कार्यक्रममा बैंकका डिजिटल बैंकिङ्ग विभाग प्रमुख शंकर पोखरेल र फोन पेका अन्य विशिष्ट अधिकृतहरूको समेत उपस्थिति रहेको थियो । सो समारोहमा बैंकका नायब महाप्रबन्धक शर्माले अफलाइन भुक्तानी सुविधाले ग्राहक सुविधा र ग्राहक केन्द्रित नयाँ उर्जा थपेको र नेपाली बैंकिङ्ग भविष्यलाई समेत नयाँ आकार दिएको बताएका थिए । साथै फाने पेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले यस सुविधाबाट इन्टरनेटको सीमाहरूलाई पार गरी आधुनिक बैंकिङ्गमा नयाँ आयाम थपिने बताएका थिए ।

Advertisement 2

हालको लागि उक्त सुविधा एनएफसी प्रविधि भएको एन्ड्रोइड फोनहरूमा मात्रै उपलब्ध हुने बैंकले जनाएको छ । यस सेवालाई ग्राहकहरूले सर्वप्रथम आफ्नो एपमा सेट गरी आफ्नो स्मार्टफोनलाई व्यापारीको स्मार्टफोनमा ‘टयाप’ गरी सजिलै भुक्तानी प्रक्रिया पूरा हुनेछ भने व्यवसायीहरूले आफूसँग भएको ‘फोन पे बिजनेस एप’बाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

Advertisement 3

नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको बैंकले जनाएको छ ।

प्रकाशित :२०८० श्रावण २९, सोमबार ०९:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry