यता इन्जिनियरमाथि कुटपिट, उता प्रहरी कार्यालयमै कुटिए सचिव
मधेश प्रदेशका पर्यटन विकास कार्यालयका एक इन्जिनियरमाथि कार्यालयमै हातपात तथा दुर्व्यवहार भएको छ। इन्जिनियर मोहमद युनिस राइनलाई सम्पन्न भइसकेको योजनाको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले कार्यालयमा नै हातपात र दुर्व्यवहार गरेका हुन् ।
Advertisement 1
यो अर्थिक बर्ष ३४ वटा योजनाको भुक्तानी दिएको छैन । भुक्तानी नपाउने योजनासँग सम्बन्धित व्यक्तिहरु बुधबार कार्यालयमा पुगेका थिए । उनीहरुले इन्जिनियर राइन र लेखा अधिकृत नवीन झाले कमिसन मागेको र नदिएका कारण भुक्तानी नदिएको आरोप लगाउँदै आएका छन् । ‘इन्जिनियर राइनमाथि सेवाग्राहीले दुई/तीन झापट हानेका छन्’, प्रत्यक्षदर्शी सेवाग्राही रामकेवल यादवले भने, ‘त्यसपछि त्यहाँ हुने अरुले रोकेका थिए ।’
त्यस्तै तीन साताअघि भएको सवारी दुर्घटनाका विषयमा पीडितका आफन्त र पीडकबीच भइरहेको छलफल सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय पुगेका कांग्रेस बाराका सचिव भैयाराम यादव प्रहरी कार्यालयमै प्रहरीबाट कुटिएका छन् । डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेको आदेशमा इन्स्पेक्टर रुपेश साहलगायतले आफूलाई कुटपिट गरेको यादवले बताए । कुटाइले उनको बायाँ आँखा, कान, तिघ्रा, खुट्टा र ढाडमा गहिरो चोट लागेको छ । उनी उपचारका लागि वीरगन्ज १४ बहुअरीस्थित स्पर्श मल्टीस्पेस्लिटी अस्पतालमा भर्ना भएका छन् । ५० वर्षीय घाइते भैयाराम महागढीमाई नगरपालिका ७ बेनौली निवासी हुन् । कुटपिटपछि प्रहरीले उनलाई केही घण्टा नियन्त्रणमा लिएको थियो ।
Advertisement 2