पेशागत महासंघ र राष्ट्रिय कर्मचारी महासंघबीच एकता,प्याकुरेलको संयोजकत्वमा ५१ सदस्यीय सचिवालय,३५१ केन्द्रिय कमिटिमा

पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीच एकता भएको छ । राजधानीको कार्की व्यांकेटमा आज आयोजित दुई संगठनबीच एकता घोषणा सभा कार्यक्रमले संयोजकमा विश्वनाथ प्याकुरेल,सह संयोजकमा प्रेमलकुमार खनाल,मणिकरत्न श्रेष्ठ र मोहनमार स्वाँर तोकेको छ ।
यस्तै एकता सभाबाट ५१ सदस्यीय सचिवालय,३५१ सदस्यीय केन्द्रीय कमिटी,३९ सदस्यीय केन्द्रीय कमिटि चयन गरिएको छ । महासंघभित्र २७ घटक संस्था रहेका छन् । योसँगै नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष मोहन कुमार घिमिरेका अनुसार यो सँगै महासंघले अब पूर्णता पाएको छ । पेशागत संगठनलाई फुटाउनेहरु अब स्वत किनारा लाग्नेछन् । सातै वटा प्रदेश र उपत्यका एउटा प्रदेश गरी तत्काल ८ वटा प्रदेशमा पेशागत महासंघका जिल्ला समन्वय समितिको गठन तथा पुर्नगठन प्रक्रिया तत्काल अघि बढाई संगठनलाई पूर्णता दिइने छ । यो संगठनमा खुलेर संगठित हुन पूर्व अध्यक्ष घिमिरेले पेशाकर्मीहरुलाई आह्वान गर्नुभएको छ ।

Advertisement 1


एकता घोषणा सभामा नेकपाका अध्यक्षद्धय प्रचण्ड र माधव कुमार नेपाल साथै नेतृ पम्फा भुषाल लगायतको उपस्थिती रहेको थियो । सो कार्यक्रममा पेशागत आन्दोलनको मूल प्रवाह समाहित २५ सयभन्दा बढी कर्मचारी कार्यक्रममा उपस्थित रहेको थियो ।


कार्यक्रममा बोल्दै पर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष माधव कुमार नेपालले ओलीमा अरुलाई अपमान गर्ने संस्कार फस्टाएको र साइवर सेना चलाएर पार्टी एकीकरण नचाहेको समेत बताए। उनले ओली समूहमा लागेका नेता कार्यकर्तालाई आफ्नो समूहमा आउन नेपालले आग्रह समेत गरे।
यस्तै अर्काे अध्यक्ष प्रचण्डले सूर्य चिन्ह आफूहरुले पाइसकेको र घोषणा हुनमात्र बाँकी रहेको बताए । उनले केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा दर्ता भएपछि सर्वोच्च अदालत सेटिङ गरेको छु भनेर देशभर भन्दै हिँडेको तर, आफूअनुकल फैसला नआउँदा बर्बराउँदै हिँडेको दाहालको टिप्पणी गरे ।

Advertisement 2

‘अब निर्वाचन आयोगबाट पनि ओलीको अर्को सेटिङ भत्कँने उनको दावा थियो । उनले विस्तारै भ्रममा रहेका मान्छेहरू फर्किदै गरेको भन्दै उनले बाँकी पनि ब्युँझिनुपर्ने बताए।

प्रकाशित :२०७७ फाल्गुन १७, सोमबार १७:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry