प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीले आज साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएको हुन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो। वैठकका एजेण्डाबारे केही खुलाइएको छैन् ।
बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस पठाउन सक्ने सम्भावना रहेको एक मन्त्रीले बताए । अस्ति मंगलबार सर्वाेच्चले प्रधानमन्त्रीले चालेको संसद बिघटनको कदमलाई बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो। आज बस्ने मन्त्रिपरिषद् बैठकले संसद बैठक आव्हानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना छ ।

प्रकाशित :२०७७ फाल्गुन १४, शुक्रबार १२:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry