नेपाल सरकारसँग भन्दा विनोद चौधरीसँग १ खर्ब ५२ अर्ब बढी सम्पत्ति

सुन्दा नमीठो र अनौठो लाग्ला तर राज्यसँग भएको भौतिक सम्पत्तिभन्दा एक जना डलरे अर्वपति व्यापारीसँग झण्डै एक खर्ब ५२ अर्ब बढी सम्पत्ति रहेको विवरण भेटिएको छ । गत चैत्रमा फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विवरण र एउटा सरकारी निकायले सार्वजनिक गरेको विवरणबीच तुलनात्मक अध्ययन गर्दा यस्तो भेटिएको हो ।
अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयको सफ्टवेयरमा गत जेठ दोश्रो सातासम्ममा अपडेट भएको विवरण अनुसार राज्यसँग साढे १ खर्ब ४५ अर्ब ९९ करोड १९ लाख ७ हजार रुपैयाँ बराबरको मात्र सार्वजनिक भौतिक सम्पत्ति छ । जबकी डलरे अर्वपति विनोद चौधरीको सम्पत्ति पछिल्लो एक वर्षमै ३० करोड डलर (४० अर्ब रुपैयाँ थपिएर) २ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको विवरण सार्वजनिक भएको थियो ।
Advertisement 1
यो विवरण अनुसार नेपाल सरकारसँग भन्दा विनोद चौधरीसँग १ खर्ब ५२ अर्ब बढी सम्पत्ति रहेको देखिन्छ । चौधरी विश्वकै १९२९ औँ धनीमा दरिएका छन् । सन् २०१३ देखि विश्वका अर्बपतिको सूचीमा पर्दै आएकाउनको सम्पत्ति २०१७ मा २० करोड डलर थपिएर १ अर्ब ३१ करोड अमेरिकी डलर रहेकोमा २०१८ मा २२ करोड डलर थपिएको थियो । कोभिड कालमा सबै व्यापारी सुक्दासमेत उनको सम्पत्ति १६ करोड डलरले थपिएको उक्त म्यागजिनले जनाएको छ । पछिल्लो वर्षमा ३० करोड डलर आम्दानी बढेर १ दशमलव ८ अर्ब करोड पुगेको बताइए पनि बिडम्बना हरेक वर्ष सम्पत्ति बढ्ने तर राज्यलाई कर तिर्ने मामलामा उनी जहिल्यै पुच्छारतिर मात्र पर्दै आएका छन् ।