ठग्नेहरुलाई कसरी लाउने होला ठेगान ?

छलछाम र ठगठागको दुनियाँमा ठग्ने होइन छलिनेरठगिनेचाहिँ दोषी हुँदो रहेछ । ठग्नेहरू उल्टै पानीमाथिको ओभानो बन्दा रहेछन् । राज्यका शक्तिहरू नै तिनै ठगका पक्षमा उभिए पछि पीडितहरूले रुँदै हिँड्नुबाहेक अरु के नै गर्न सक्छन् र ?

Advertisement 1

लहरो तान्दा पहरो थर्केकै शैलीमा भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइलवालाहरू तानिइरहँदा उस्तै डरलाग्दो ठगी धन्दा बाहिर आएको छ । पिरामिड शैलीको कारोबारमा हजारौं सर्वसाधारणलाई ठगी गरेका एक कसुरदारलाई काठमाडौं जिल्ला अदालतका श्रीमान्ले साढे सात लाख धरौटी तिरेर छाडेपछि हामी झन् मर्माहत भएका छौं । वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धमा व्यवस्थापन तथा नियमन गर्न बनेको ऐनको दफा ११ मा पिरामिडमा आधारित व्यवसाय गर्न नहुने उल्लेख छ । ऐनविपरीत यस्तो कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई बिगो खुलेको भए सोबमोजिमको जरिवाना र बिगो नखुलेकोमा पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षदेखि पाँच वर्षसम्म कैद वा दुवै सजायँ हुने ऐन व्यवस्था छ ।

Advertisement 2

यसरी सरकारले बन्देज लगाएको काम गर्दै आएका नुवाकोटका विष्णु तामाङलाई न्यायाधीश डण्डपाणि शर्माको इजलासले धरौटीमा छाड्न आदेश दिएको छ । करोडौं ठगिएको भन्दै १५ जना पीडितले दिएको जाहेरीका आधारमा केन्द्रीय अनुसन्धान व्युरोले मुद्दा चलाएको थियो । वैशाख ३१ गते ८ नम्बर इजलासबाट यस्तो आदेश दिइएपछि पीडितहरू झनै मर्माहत बनेका हौं । नुवाकोट जिल्ला कुमरी गाविस हाल बेलकोटगढी नगरपालिका २ का विष्णु तामाङहरूको समूहले हो यस्तो धन्दा चलाउँदै आएको । नाताले भाञ्जा पर्ने सोम बहादुर गोले (तामाङ)लाई अगाडि सारेर उनले बेलकोटको एउटा सिंगो बस्ती मात्र होइन सिन्धुपाल्चोक, सिन्धुली, काभ्रे, दोलखा, रामेछाप, रसुवासम्मका तामाङ बस्तीमा पुगी सयौंलाई ठगी गरेको भेटिएको छ । उनले बस्ती बस्तीमा पुगेर नेपालमा ठूलो फ्याक्ट्री सञ्चालन गर्ने र अहिले लगानी गर्नेहरू कम्पनीको सेयर होल्डर बनाइने, यसमा लगानी गरे प्रसस्त लाभ हासिल गर्न सकिने प्रलोभन देखाएका थिए । अहिले जति लगानी गरिन्छ, वर्ष दिनपछि नै त्यसको डबल रकम फिर्ता गर्ने लोभ देखाइएपछि १ लाखदेखि १ करोडसम्म लगानी गर्नेहरू भेटिएका छन् । इन्फिनिटी ग्लोबल ट्रेडर्स अनलाइन नेटवर्किङ व्यवसायजस्तै हो । यसले वस्तु तथा सेवाको बिक्री गर्दैन । तर, कम्पनीका प्रतिनिधि यसबाट दोब्बर प्रतिफल प्राप्त हुने भन्दै गाउँ गाउँ पुगेका थिए । कम्पनीको कुनै पनि प्रतिनिधिसँग भेटी आफूलाई उपयुक्त हुने लगानीको विकल्प रोज्नुपर्ने, एउटा जिमेल आइडी क्रिएट भएपछि लगानी गर्न सकिने उनीहरुको भनाइ थियो ।

Advertisement 3

सिआइबीले कञ्चटमा पिस्तोल तेस्र्याएर समाएका उनै विष्णु तामाङ २९ दिन हिरासतमा बसेर साढे सात लाख धरौटी तिरी निस्कन सफल भएका छन् ।

उक्त अनलाइन नेटवर्क व्यवसायमा दैनिक १ प्रतिशतको दरले नाफा आउने आश्वासन पाएर गाउँदेखि शहरसम्मका सर्वसाधारणले लगानी गर्दछन् । कुनै समय दुबईमा सेक्युरिटी काम गरेर फर्किएका उनै तामाङको समूहले यो नाममा बाग्मती प्रदेशका अधिकांश जिल्लाका सर्वसाधारण र स्थानीयलाई ठगी गरेको भेटिएको छ । हुनेले पैसा सहजै लगानी गरे, नहुनेले गाई–भैँसी बेचे । केहीले ३६ प्रतिशतसम्म महँगो ब्याजमा ऋण लिएर नगदै हाले । वर्षदिनसम्म प्रतिफल नआएपछि पैसा फिर्ता माग्नु स्वाभाविक थियो । हातले दिएर खुट्टाले दुःख पाउनु नै थियो । अनि शुरु भयो दुःख । पैसा फिर्ता ‘आउँछ–आउँछ’ भन्ने मात्र । केहीलाई वेबसाइट नै बन्द भइसकेका कारण लगानी फिर्ता दिन नसक्ने जवाफसमेत आइसकेको । कसैलाई के गर्न सक्छस् गर भन्दै उल्टै थर्काइयो पनि । यसबीच पैसा फिर्ता माग्दै तारन्तार फोन सम्पर्क गर्ने पीडितको फोन नम्बर, फेसबुक, ह्वाटसप, भाइबर सबै ब्लकमा परे ।

गाउँमा खेतीपाती गर्ने, भैंसी, बाख्रा पाल्ने सोझा सिधालाई के थाहा बैंकिङ प्रणाली रु उनीहरूले चेकमार्फत होइन, धोक्रामै लगेर पैसा बुझाएका थिए । फलानाले ठग्यो हजुर पैसा फिर्ता पाइएन भनेर उजुरी गर्न जाँदा उल्टै प्रहरीले प्रमाण नपुगेको भन्दै पठाइदिन्थ्यो । विदेशबाट फर्किएका, केही पैसा भएका, शहरतिर बसेका शिक्षितहरूले चेकमार्फत कारोबार गरेका थिए । बैकिङ च्यानलबाट पैसा दिएकाहरूले केही समय अगाडि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा उजुर गरेपछि यो प्रकरणमा सिआइबी सिरियस भएर लाग्यो र काठमाडौं जिल्ला अदालतमा मुद्दा चलायो । १८ जना वादी ३ करोड बढी ठगी गरेको प्रमाण र उजुरीसहित सिआईबीमा पुगेका थिए । त्यतिखेरै विष्णुले हद गरे थुन्ने हो, ५ लाख धरौटी तिर्छु, निस्कन्छु, कसैको एक रुपैयाँ फिर्ता गर्दिनँ भन्थ्यो हाकाहाकी १ करोडौं ठगेर धेरै सर्वसाधारणलाई मर्नु न बाँच्नुको स्थितिमा पु¥याएको एउटा ठगले कसको आड भरोसा पाएर यसरी बोल्न सक्छ रु सिआइबीले कञ्चटमा पिस्तोल तेस्र्याएर समाएका उनै विष्णु तामाङ २९ दिन हिरासतमा बसेर साढे सात लाख धरौटी तिरी निस्कन सफल भएका छन् । कृष्णराज तिमिल्सिना डेढ एक लाख धरौटीमा छुटेका छन् । इन्फिनिटीका मुख्य डिजाइनर राकेश पन्त र भारतीय नागरिक दीपक भास्करका अलावा इन्दिरा शाह, सुस्मिता, सूर्य खरेल, राजन खतिवडाहरू हुन् । राकेश पन्त फरार छन् । अदालतका श्रीमान्ले उनै पन्तकी छोरीलाई समेत धरौटीमा छोड्न आदेश दिएका छन् ।

यिनैलाई माओवादीले नुवाकोट बेलकोटगढी २ बाट उम्मेदवार बनायो रामहरि ढुंगानाकै जोडबलमा तर जमानतसमेत बचाउन सकेनन् । नाताले भाञ्जा पर्ने सोमलाल तामाङ माओवादीका नगरकमिटी सदस्य पनि हुन् । विष्णुका लागि पैसा उठाइदिने काम भाञ्जाले गर्दै आएका छन् । उनै विष्णु कष्टडीमा हुँदा रामहरिले विमला सुवेदीलाई भेटेर जसरी भए पनि छुटाइदिनुप¥यो भन्दै अनुनय विनय गर्न पुगेका थिए ।

कुनै समय मासिक २० हजार तलब थाप्ने विष्णुले अहिले सयौंलाई पीडित बनाएर भक्तपुर दधिकोट शिकारीटारमा करोडौंको बंगला ठडाएका छन् । हेटौंडा, चितवन, नुवाकोटमा प्रशस्त जग्गा जमिन जोडेका छन् । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा परेको थियो । काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहाइ भएकै भोलिपल्ट सम्पत्ति शुद्धीकरण विभागले एक लाख जरिवाना तिराएर उन्मुक्ति दिएको छ । महिनौं लगाएर खोजी गरिएका अभियुक्तलाई केही लाख धरौटीमा छोडिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोलाई पनि चित्त बुझेको छैन । फेरि पुरक निवेदन दिने तयारी छ । त्यहाँबाट पनि सेटिङ कलामा पारगत विष्णुहरू उम्किए के अनौठो भयो र ?

प्रकाशित :२०८० जेष्ठ २१, आईतवार ११:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry