‘किन हुँदैन बजेट टाइप गर्ने कम्प्युटर अपरेटरको सरुवा ?’

तपाईहरु कर्मचारीको सरुवा गर्नुहुन्छ,कम्युटर अपरेटरको सरुवा किन गर्नुहुन्न ?

Advertisement 1

नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले यस्तो प्रश्न गरेका हुन । उनले अरु कर्मचारीहरुको नियमित सरुवा हुने गरेको तर बजेट टाइप गर्ने कम्युटर अपरेटरको सरुवा कहिल्यै नहुने गरेको भन्दै प्रश्न उठाएका छन् ।

सांसद सिंहले विगत १० वर्षदेखिको अभ्यास हेर्दा जुन सरकार आए पनि त्यहीँ कम्प्युटर अपरेटरले अघिल्ला बजेट नै कपि पेस्ट गरेर हाल्ने गरेको,अधिकांश बजेटमा थोरैमात्र तलमाथि हुने, यो गरिने छ त्यो गरिने छ बाहेक बजेटमा नयाँ कुरा केही नहुने गरेको भन्दै गुनासो पोखेका छन् ।

Advertisement 2

उनले अर्थमन्त्री जो हुन्छ त्यही जिल्लामा बढी बजेट पर्ने गरेको प्रति पनि आक्रोश पोखेका छन् ।

प्रकाशित :२०८० जेष्ठ ८, सोमबार १५:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry