एनएमबी बैंकले जानकी आँखा अस्पताललाई गर्‍यो आर्थिक सहयोग

एनएमबी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरधामको जानकी आँखा अस्पताललाई एक लाख ५१ हजार रुपैयाँ  हस्तान्तरण गरेको छ।उक्त सहयोग त्यस अस्पतालमा आवश्यक उपकरणहरू खरिद गर्नको  लागि हस्तान्तरण गरिएको बैंकले बताएको छ।

Advertisement 1

सो कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी, नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, प्रदेश प्रमुख कमल पोखरेल, एरिया म्यानेजर मिथिलेश कुमार झा समेतको उपस्थिति रहेका थियो।

साथै, आँखा अस्पतालको तर्फबाट सभापति नरेश प्रसाद सिंह, मेडिकल डाइरेक्टर आशिष बोहरा, कोषाध्यक्ष धिरेन्द्र मोहन झा लगायत अन्य पधाधिकारीहरू समेतको उपस्थिीती रहेको थियो। बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो।

Advertisement 2

बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा  एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित बैंक हो।  बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ।

प्रकाशित :२०७९ चैत्र २३, बिहीबार ०७:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry