गृहमा हानथाप, माननीयहरुकै किचलो
सत्ता गठबन्धनभित्र गृह मन्त्रालय कुन पार्टीले लिने भन्ने विषयमा विवाद हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ। गठबन्धन दलका मुख्य घटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले गृह मन्त्रालयको दाबी नछाड्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो।
Advertisement 1
संसदमा राष्ट्रिय दलकोसमेत भूमिकामा नहरेको नेकपा एकीकृत समाजवादीले गृहमन्त्री नपाउने भएपछि पार्टीभित्रै किचलो उत्पन्न भएको छ । झलनाथ खनाल निकट रहेका राजेन्द्र पाण्डेले गृह मन्त्रालय लिएर सरकारमा जाने मनसाय बनाएको भए पनि माओवादीले गृह मन्त्रालय आफैँसँगै राख्ने र नारायणकाजी श्रेष्ठलाई त्यहाँ पठाउने भएपछि एस पार्टीभित्र किचलो उत्पन्न भएको हो ।
अर्कोतर्फ सरकारमा जान इच्छुक अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृह आफूले पाउनुपर्ने बताइरहेको छ । यसअघिकै सबै मन्त्रालयहरू फेरि फिर्ता पाए मात्र सरकारमा जाने सो पार्टीका प्रवक्ता डा. मुकुल ढकाल बताउँछन् ।
Advertisement 2
सोमबार बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भागबन्डाबारे कुराकानी भएको थियो। त्यसक्रममा अध्यक्ष नेपालले तीनवटा मन्त्रालयमध्ये एउटा नेकपा एसलाई दिनैपर्ने र त्यही नै ‘बटमलाइन’ भएको बताएका थिए। नेकपा एसले गृह मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेका बेला माओवादी केन्द्रका नेताहरूले प्रधानमन्त्रीसमक्ष माओवादी केन्द्रमै गृह मन्त्रालय राख्न दबाब दिँदा अध्यक्ष नेपाल रिसाएका थिए। प्रधानमन्त्रीसँग अहिले १६ मन्त्रालय छन्।