सत्ता गठबन्धनको बैठक आज बस्दै, , कुन दलबाट को बन्दै छ मन्त्री ?

मन्त्रिपरिषद विस्तारका लागि मन्त्रालय भागबन्डाको टुंगो लगाउन सत्ता गठबन्धन दलहरूको बैठक आज बस्दैछ। आज (मंगलबार) अपराह्न ४ बजे बस्नै बैठकमा मन्त्रालय भागबन्डाका विषयमा अन्तिम टुंगोमा पुगिने बताइएको छ।

Advertisement 1

मन्त्रालय बाँडफाँडको हिसाब किताब मिलाउन हिजो (सोमबार) गठबन्धनका तीन प्रमुख दलले मात्र छुट्टै बैठक गरेका थिए। प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमा यस विषयमा छलफल गरेपछि गठबन्धनका अन्य दललाई आज बैठकमा बोलाइएको हो।

सत्तारूढ गठबन्धनभित्र नेपाली कांग्रेसले एक राज्यमन्त्रीसहित ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्रालय लिनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एक राज्यमन्त्रीसहित ३÷३ मन्त्रालय, जनता समाजवादी पार्टी नेपाल (जसपा)ले दुई मन्त्रालय पाउनेगरी प्रचण्डले आन्तरिक भागबन्डा गरेका छन् । जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), आमजनता पार्टी (आजपा), राष्ट्रिय जनमोर्चासहितका साना दललाई समेत एक÷एक मन्त्रालय छुट्याइएको बालुवाटर स्रोतको जनाएको छ ।

Advertisement 2

 

प्रकाशित :२०७९ चैत्र १४, मंगलवार ०८:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry