एनिभर्सरीकै दिन पक्राउ परिन रामकुमारी :- प्रमाणित भए ७ बर्ष कैद वा ७० हजार जरिवाना
आज २९ माघ । आजैका दिन नेकपा नेतृ रामकुमारी झाक्रीले लगनगाँठो कसेकी थिईन पशुपति पुरीसँग । ११ बर्षको वैवाहिक बर्षगाँठको उल्लास मनाउँदै थिईन झाक्री शंखमुलस्थित निवासमा । त्यहाँ एकाबिहानै सादा पोशाकका प्रहरी परिचालन गरिएका थिए ।
रामकुमारीको वैवाहिक बर्षगाँठको उल्लास मनाउन शंखमुल पुगेका साथीभाइले यो चाल पाएपछि हल्लीखल्ली मच्चियो । केही समयपछि झाक्री समर्थित विद्यार्थी,नेताहरु त्यहाँ पुगे नाराबाजी गरे । झाक्रीले आफूलाई पक्राउ गर्न खोज्दा पक्राउ पूर्जी मागिन् ।
Advertisement 1
र प्रहरीले पक्राउ पूर्जी थमायो राज्यविरुद्धको कसुर ५८ बमोजिम पक्राउ गर्न लागेको ।
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर राज्यविरुद्धको कसूरमा अनुसन्धानका लागि झाँक्रीलाई पक्राउ गरिएको उनलाई थमाइएको पक्राउ पूर्जीमा उल्लेख छ । मुलुकी अपराध संहिताको राज्यविरुद्धका कसूरअन्तर्गत दफा ५८ मा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ ।
कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानूनबमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन कुनै किसिमले बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन,ु दफा ५८ को उपदफा (१) मा भनिएको छ ।
उपदफा (२) मा कारवाहीसम्बन्धी व्यवस्था छ ।
Advertisement 2
ुउपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा ७० हजारसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । नेतृ रामकुमारी झाँक्रीलाई सो मुद्दामा सात वर्षसम्म कैद हुन सक्ने देखिएको छ ।
अहिले उनलाई मीनभवनस्थित प्रहरी हिरासतमा राखिएको छ । हिरासतबाटै उनले सामाजिक सञ्जालमा लेखेकी छिन्,राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभबनमा छु।
सबै साथिहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाई हो।आफ्नो ठाउँमा डटौं।