रसुवागढी नाकाबाट हुन थाल्यो आयात

रसुवागढीबाट आयात सोमबारदेखि सुरु भएको छ । विगत १० दिनदेखि आयात रोकिएको र हिजो सोमबारदेखि आयात सुरु भएको नाका प्रमुख नारायण भण्डारीले जानकारी दिए ।

Advertisement 1

‘करिब डेढ महिनादेखि आयात भइरहेको थिएन,’ भण्डारीले भने, ‘यसमा पनि १० दिन अघि सामान नेपाल भित्रिएको थियो । हिजोदेखि भने आयात पुनः सुरु भएको छ ।’ हिजो सोमबार ३ वटा कन्टेनरमा सामान आयात भएको नाका प्रमुख भण्डारीले बताए । खासगरी, चीनले चिनियाँ नयाँ वर्ष र लोसारका कारण विगत लामो समयदेखि नाकाबाट निर्यात र आयात रोकेको थियो ।

चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा रसुवागढीबाट १५ अर्ब ५५ करोड ४६ लाख रुपैयाँको आयात भएको छ । यस्तै, यस अवधिमा नेपालबाट उक्त नाकाबाट १० करोड १७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

Advertisement 2

 

प्रकाशित :२०७९ फाल्गुन १६, मंगलवार १४:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry